उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

हिमाल प्रेस १६ वैशाख २०८० १७:३६
2
SHARE
उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान

काठमाडौँ- पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको हो।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले काठमाडौँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जानकारी दिए। पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले शनिबार र आइतबार बदलीसँगै वर्षा हुने सम्भावना रहेको उनले बताए।

राति पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उनको भनाइ छ। रासस

प्रकाशित: १६ वैशाख २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =