१८ एसपीको एसएसपीका लागि बढुवा सिफारिस [सूचीसहित]

हिमाल प्रेस १५ वैशाख २०८० १८:३३ | Friday, April 28, 2023
१८ एसपीको एसएसपीका लागि बढुवा सिफारिस [सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा मितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। नेपाल प्रहरीमा १८ एसएसपीको पद रिक्त छ। १३ एसएसपी डीआईजीमा बढुवा भएसँगै उनीहरूको ठाउँ पनि खाली छ। केही एसएसपी भने अवकाशमा गएका छन्।

अघिल्लो व्याचका एसपी विमल बस्नेत भने यसपटक पनि छुटेका छन्। समितिले बढुवाका लागि उनको नाम नै सिफारिस गरेको छैन। बस्नेत अहिले एसएसपीमा बढुवा सिफारिस भएकाहरू भन्दा अघिल्लो व्याचका हुन्।

एसएसपी हुनका लागि अहिले २५ जना एसपी लबिङ गरिरहेका थिए। बस्नेतसँगै शेखर खनाल, विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोखरेल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, भूपेन्द्रबहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पाण्डे, दीपशमशेर जबरा, नविनराज राई, तारादेवी थापा, आभुषण तिम्सिना, प्रविण पोखरेल, प्रज्वल महर्जन, बशन्त रजौरे, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपी बन्ने दौडमा थिए।

पछिल्लो समय सरकारले नेपाल प्रहरीका अधिकारीहरूको बढुवा गर्दा वरीयताअनुसार नै गर्दै आइरहेको छ।

प्रकाशित: १५ वैशाख २०८० १८:३३ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast