विष्णु रिमालले प्रधानमन्त्रीलाई भने : अयोग्य लडाकुको भत्ताजस्ता विषयमा राजनीति नगरौँ प्लिज

हिमाल प्रेस १५ वैशाख २०८० ८:४९
2
SHARE
विष्णु रिमालले प्रधानमन्त्रीलाई भने : अयोग्य लडाकुको भत्ताजस्ता विषयमा राजनीति नगरौँ प्लिज

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले मुलुकको अर्थतन्त्र धरमराइरहेका बेला मानवीय संवेदनासँग नखेल्न सरकारलाई अनुरोध गरेका छन्। सामाजिक सञ्जालमार्फत रिमालले देशको आर्थिकस्थिति धरमराएको बेला लडाकु भत्ता नबाँड्न सरकारलाई अनुरोध गरेका छन्।

‘प्रधानमन्त्रीज्यु, मुलुकको अर्थतन्त्र यति नराम्रोसँग धरमराइ रहेको बेला यस्तै निर्णय गर्ने हो र? द्वन्द्वबाट भविष्य बर्बाद पारिएका युवा-स्वाभीमानलाई अझै नचिमोटौँ।’ रिमालले भनेका छन्,‘मानवीय संवेदनासँग नखेलौँ। अयोग्य, लडाकू र भत्ताजस्ता विषयमा राजनीति नगरौं प्लीज’ ।

उनले सञ्जालमार्फत सरकार आर्थिक संकटमा रहेको प्रस्टयाउने प्रयत्न गरेका छन्।

‘करिब ८० अर्व निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी बाँकी, करिब ५ अर्ब शिक्षकको पेन्सन बापतको भुक्तानी बाँकी, करिब १० अर्ब निजामती कर्मचारीको पेन्सन भुक्तानीमा अपूग’ उनले विवरण दिँदै भनेका छन्,‘करिब ५ अर्ब सामाजिक सुरक्षा भत्ताको भुक्तानी बाँकी, करिब २० अर्ब राज्यले तिर्नुपर्ने ऋणको साँवारव्याज भुक्तानी बाँकी, यसरी अनिवार्य दायित्वभित्रको कूल १ खर्ब २० अर्ब भुक्तानी बाँकी।’

उनले शान्ति प्रकृयाको क्रममा ‘अयोग्य’ भनिएकाहरूलाई पहिल्यै राहत दिइसकिएको बताएका छन्। २०७८ को बजेट मार्फत् करिब १ अर्ब भुक्तानी गरिएको रिमालले भनेका छन्।
‘जनता नुन किन्न सकिरहेका छैनन्।’

उनले भनेका छन्,‘ बजारको सर्वे गर्नुस्-सर्वसाधारणले प्रयोग गर्ने आन्तरिक वस्त्रको समेत बिक्री घटेको छ।’ सरकारले अहिले अयोग्य लडाकुलाई भत्ता दिने तयारी गरेको छ। यसको चौतर्फी विरोध भइरहेको छ।
सत्तागठबन्धनकै सांसद समेत यसको विरोध गरिरहेका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाले पनि विरोध गरेका छन्।

प्रकाशित: १५ वैशाख २०८० ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =