समाजवादी प्रेस संगठनको प्रथम अधिवेशन आगामी जेठ २६ देखि

हिमाल प्रेस १५ वैशाख २०८० ८:१०
2
SHARE
समाजवादी प्रेस संगठनको प्रथम अधिवेशन आगामी जेठ २६ देखि

काठमाडौँ- समाजवादी प्रेस संगठन नेपालले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ।

समाजवादी प्रेस संगठनको सचिवालय बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको हो।

बैठकले संगठनका अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा सांगठनिक प्रतिवेदन लेखन समिति र कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति गठन गरेको छ।

प्रकाशित: १५ वैशाख २०८० ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast