पूर्वको भ्रमणमा ओली, तेह्रथुमदेखि इलामसम्मका कार्यक्रम भ्याउने

एमालेको केन्द्रीय कमिटी बैठक पनि झापामै

हिमाल प्रेस १३ वैशाख २०८० ११:०३
8
SHARES
पूर्वको भ्रमणमा ओली, तेह्रथुमदेखि इलामसम्मका कार्यक्रम भ्याउने

काठमाडौँ- नेकपा एमालेले केन्द्रीय कमिटी बैठक झापामा राखेको छ।

आउँदो वैशाख २८ देखि ३० सम्म झापामा तोकिएको छ। झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो। ओलीकै निर्देशनमा बैठक झापामा तोकिएको हो।

बैठकका तयारीका लागि ओली आजै झापा जाँदैछन्। चार दिनका लागि कोशी प्रदेशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुन ओली झापा लाग्दैछन्।

ओली आज काठमाडौँबाट भद्रपुरका जाने कार्यक्रम रहेको छ। आज झापाको बुद्धशान्ती गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।

अध्यक्ष ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओली आज इलामको पर्यटकीय क्षेत्र कन्याममा बस्ने तय भएको छ। भोलि इलाममा आयोजना हुने जिल्ला परिषद् भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

भोलि उनी पाँचथरको फिदिममा बास बस्नेछन्। वैशाख १५ गते अध्यक्ष ओली आफ्नो जन्म गाउँ तेह्रथुमको आठराई गाउँपालिका पुग्नुनेछन्। आठराईमा अध्यक्ष ओलीले सीटीईभीटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्ने कार्यक्रम छ।

सो ठाउँमा आफ्ना बाल्यकालका साथीहरूसँग भेटघाट र पुनर्मिलनको कार्यक्रम समेत राखिएको छ।

तेह्रथुमको कार्यक्रम सकेर अध्यक्ष ओली फिदिममै बस्नेछन्। १६ गते फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर अध्यक्ष ओली झापाको दमकमा आउने कार्यक्रम रहेको पाठकले बताए।

दमकमा २८ गते देखि सुरु हुने केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा जिल्ला र प्रदेशका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। एमालेले वैशाख २८ देखि ३० सम्म केन्द्रीय कमिटी बैठक झापामा बोलाएको छ।

वैशाख १७ गते अध्यक्ष ओली झापाबाट काठमाडौँ फर्किने छन्।

प्रकाशित: १३ वैशाख २०८० ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =