गुरुकुल शिक्षालाई निरन्तरता दिँदै काठमाडौँ महानगर

हिमाल प्रेस १२ वैशाख २०८० १४:५३
4
SHARES
गुरुकुल शिक्षालाई निरन्तरता दिँदै काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि सामुदायिक माध्यमिक विद्यालय तहका बाबालिकालाई छोटो अवधिको सीपमूलक तालिम दिन थालेको छ।

महानगरपालिकाले काठमाडौँमा माध्यमिक तहमा छोटो अवधिको सीपमूलक तालिम दिन थालेको हो। महानगर क्षेत्रभित्रका ५६ वटा सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई छोटो अवधिको सीपमूलक तालिम र पुस्तकविहीन शुक्रबार कार्यक्रम थालनी गरेको प्रमुख बालेन्द्र साहले बताए।

महानगरपालिकाले विद्यालयमा विद्यार्थीले पुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक र व्यावहारिक शिक्षा प्रदान गरी स्वरोजगार हुने जनशक्ति तयार पार्ने उद्देश्य लिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख बालेन्द्र साहले महानगरले सुरु गरेको छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम नयाँ नभएर गुरुकुल शिक्षालाई निरन्तरता दिएको बताए।

उनले महानगरले विद्यालयमा सीप मात्रै नभएर मानिसको जीवन के हो भनेर सिकाउन खोजिएको दाबी गरे। पछिल्लो समय सानो र ठूलो काम भनेर श्रम गर्नेहरुको इज्जत समेत गर्न नजानेकाले सानो वा ठूलो जुनसुकै कामलाई सम्मान गर्न सिकाउने उद्देश्य रहेको प्रमुख साहको भनाइ छ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो जीवनशैली व्यवस्थित बनाउने सीप हातमा छैन भने पढेर ल्याएको उच्च नम्बर, अंक र प्रतिशतले काम नगर्ने बताइन्। उनले परीक्षामा विद्यार्थीको कति प्रतिशत नम्बर आयो प्रथम, द्वितीय भए भन्ने कुरा क्षणिक भएको भन्दै त्यो एकछिनका लागि महत्त्वपूर्ण जस्तो लाग्ने बताइन्।

विद्यार्थीले शिक्षा मात्रै नभएर व्यावहारिक सीप सिक्ने वातावरण बनाउनका लागि विद्यालयमा छोटो अवधिको सीपमूलक तालिम लागू गर्न लागिएको उनको भनाइ छ। काठमाडौँ महानगरभित्रका ५६ सामुदायिक विद्यालयमा उक्त कार्यक्रम थलनी गरिनेछ।

प्रकाशित: १२ वैशाख २०८० १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =