पुनःनिर्माणको काममा बाँकी भए सरकारको पूर्ण साथ रहन्छ : प्रधानमन्त्री

हिमाल प्रेस १२ वैशाख २०८० १३:२०
2
SHARE
पुनःनिर्माणको काममा बाँकी भए सरकारको पूर्ण साथ रहन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्नुहुने सबैप्रति सम्मान व्यक्त गरेका छन्।

गोरखा भूकम्पको स्मृतिका अवसरका आज सन्देश दिँदै प्रधानमन्त्रीले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसके पनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताए।

प्रधानमन्त्री प्रचण्डले भनेको छ, ‘यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैँ सम्पूर्ण नेपालीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु।’

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाएका नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति प्रधानमन्त्रीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ।

यस्तै, मृतकका आफन्तप्रति गहिरो समवेदना प्रकट गरेका छन्। भूकम्पका कारण घाइते एवं अंगभंग भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामनासमेत प्रधानमन्त्रीले गरेका छन्।

भूकम्पपछि २०७३ सालमा गठित आफ्नो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण, निजी घरको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको प्रधानमन्त्रीले स्मरण गरेको छ।

उनले त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर एक लाख रुपैयाँ अनुदान रकम थप गर्नेलगायत जनतालाई राहत दिन महत्वपूर्ण निर्णय भएको प्रधानमन्त्रीले बताएका छन्।

प्रकाशित: १२ वैशाख २०८० १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =