काठमाडौँ- प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ–१ को जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले २६ हजार ८ सय २७ मतसहित अग्रस्थानमा छन्।
४२ वडामध्ये ३५ वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार ४ सय ५४ मत पाएका छन्। वाग्ले र भट्टराईबीच ११ हजार ३७३ को मतान्तर छ।
एमालेका सर्वेन्द्र खनालले सात हजार २ सय ८९ मत पाएका छन्। उक्त क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। ५१ हजार दुई सय १९ मतगणना भइसकेको छ।
प्रकाशित: ११ वैशाख २०८० २३:२८
प्रतिक्रिया