काठमाडौँमा हल्का वर्षा

हिमाल प्रेस १० वैशाख २०८० २१:५३
6
SHARES
काठमाडौँमा हल्का वर्षा फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँमा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागकाअनुसार आइतबार साँझ हल्का वर्षा भएको हो।

विभागले उपत्यकामा हल्का वर्षा भएको जानकारी दिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखा मौसमविद् गोविन्दकुमार झाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको बताए।

रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको उनको भनाइ छ। देशका पहाडी भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। प्रि–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद् झाले बताए।

प्रि–मनसुन पनि सक्रिय भएको छ, साथै, पश्चिमी वायुको प्रभाव पनि रहेको छ,’ उनले भने, ‘भोलि दिउँसो पनि देशभर बदली रही पहाडी भेगमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना छ।’ रासस

प्रकाशित: १० वैशाख २०८० २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =