सहरमा थरीथरीका घर [तस्बिरमा]

हिमाल प्रेस ९ वैशाख २०८० १०:१४
72
SHARES
सहरमा थरीथरीका घर [तस्बिरमा]

मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर। जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिस कहाँ बस्थे होलान्? बस्ने ठाउँ कस्ता हुन्थे होलान्? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान्? गुफा नभएको ठाउँमा कता बस्थे होलान्? यी सबै कुराको बारेमा समाजशास्त्रीको फरक–फरक मत छ।

तर पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको विषय बनेको छ। घाम, पानी, हुरी, जंगली जनावर, शत्रुबाट बच्न वा अन्य जे कारणले भए पनि मानिसले घर बनाउन थालेको धेरै भयो। नेपालमा बाह्य पर्यटक प्राकृतिक सम्पदा विभिन्न जातिहरुको संस्कृति र मौलिक घर एवं बस्तीहरु हेर्न आउँछन्।

मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ। विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकलाई आकर्षण गराएको छ। पर्यटक आधुनिक भन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन्। सहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कंक्रिट ढलानका छाना भएका घर प्रशस्त छन्।

साथै आफ्नो रुचि, हैसियतअनुसार उपत्यकामै पनि घरहरुका अकार, रङ, शैली फरकफरक छन्। तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै। नेपालमा भित्रिने वाह्य पर्यटकहरु मौलिक संस्कृति, भेषभूषा रहन सहन र भाषासमेत अध्ययन गर्न रुचाउँछन्। मौलिकता र सुन्दरताका हिसावले काठमाडौँ, भक्तपुर र ललितपुरका पुराना घरहरु ५० वर्ष पहिलासम्म विश्वका उत्कृष्ट पचास सहरमध्ये १०औँ नम्बरमा थियो।

अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ। जसकारण सबैले मौलिक घरलाई छोड्दै कंक्रिटको घर बनाउन थालेका छन् भने काठमाडौँ उपत्यका कंक्रिटको शहरको रुपमा परिचित छ। उपत्यकाका केही भित्री बस्तीबाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किलप्रायः छ। मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन् ।

पर्यटनको विकासका लागि मौलिक घर निर्माण र पुरानो सीपको प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनःउजागर गर्न सबै एक हुन जरुरी छ । अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरु लोप हुने अवस्थामा पुगेका छन्। पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घर सहरबजारदेखि गाउँसम्म बन्न थालेका छन्। अर्कोतर्फ ढुंगा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कंक्रिट पिल्लरको घर बन्न थालेका छन्। यद्यपि काँठ क्षेत्रमा भने अझै पनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घर भने कतै भेटिने गर्छन्।

दक्षिण ललितपुरस्थित माझखण्डको घरको छानो भएको घर ।
ललितपुरको धोबीघाटमा बनाइएको अत्याधुनिक घर।
काठमाडौँको कपन गाम्चामा बनाइएको कलात्मक घर।
काठमाडौँको सुन्ताखानमा रैथाने घर।
लेलेमा परम्परागत गुठी घर।
काठमाडौँको पेप्सीकोलामा पृथ्वीको नक्सा अंकित घर।
पशुपतिमा पहरामा बनाइएको संन्यासी बस्ने कुटी(घर)।
ललितपुरको बडिखेलमा सिसाको प्रयोगबाट बनाइएको घर।
ललितपुरको बडिखेलमा बाँसले बनाइएको घर।
ललितपुरको बडिखेलको टिनले छाएको झुपडी (घर)।

न्युज एजेन्सी नेपाल

प्रकाशित: ९ वैशाख २०८० १०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =