नेपाल लाइफको क्यासब्याक अफर

हिमाल प्रेस ८ वैशाख २०८० १६:००
4
SHARES
नेपाल लाइफको क्यासब्याक अफर

काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २३औं वर्षमा प्रवेश गरेको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत वैशाख महिनाभर बिमा शुल्कको नवीकरण इसेवामार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन्।

कम्पनीले बिमाशुल्क नवीकरणका लागि इसेवा, खल्ती, फोनपे, कनेक्ट आइपीएस, आइएमई पे र प्रभ पेसँग सम्झौता गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले डिजिटल माध्यमबाट भुक्तानी गर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षितसमेत हुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =