भेरी नदीमा बन्दै गरेको पुल भाँचियो, ८ भारतीयसहित ९ जना घाइते

हिमाल प्रेस ७ वैशाख २०८० १५:२०
14
SHARES
भेरी नदीमा बन्दै गरेको पुल भाँचियो, ८ भारतीयसहित ९ जना घाइते

काठमाडौँ- जाजरकोट-रुकुमपश्चिम हुँदै डोल्पा जोड्न भेरी नदीमाथि बन्दै गरेको मोटरेबल पुल भाचिँदा ९ जना कामदार गम्भीर घाइते भएका छन्। जाजरकोटको नलगाड नगरपालिकाको तल्लुबगर र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–४ को गोतामकोट जोड्ने पुल बन्दै गरेको थियो।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार पुल भाचिँदा ९ जना घाइते भएका हुन्। पुल भाचिँदा काम गरिरहेकाहरू नदीमा खसेर घाइते भएका हुन्। उनीहरूलाई उद्धार गरी नलगाडको नगरअस्पताल ल्याइएको र घाइतेमध्ये गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको महतोले बताए।

प्रकाशित: ७ वैशाख २०८० १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =