कमजोर साउदीमाथि मलेसियाको सजिलो जित

हिमाल प्रेस ७ वैशाख २०८० १४:३६
8
SHARES
कमजोर साउदीमाथि मलेसियाको सजिलो जित

काठमाडौँ- एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा नेपालसँग पराजित मलेसियाले बिहीबार साउदी अरबलाई आठ विकेटले पन्छायो। समूह ‘ए’ मा यसअघि मलेसिया घरेलु टिमसँग ६ विकेटले पराजित हारेकाे थियो।

तुलनात्मक रुपमा कमजोर साउदीलाई हराउँदा मलेसियाले सन्तुलित प्रदर्शन गर्‍यो। मूलपानी क्रिकेट मैदानमा साउदीलाई १५३ रनमा अलआउट गरको मलेसियाले दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

मलेसियालाई जिताउन ओपनरद्वय मोहम्मद आमिर र विरणदीप सिंहले अर्धशतक प्रहार गरे। आमिरले ५६ र सिंहले ५१ रन बटुले। आमिरले ४४ बल सामना गर्दा १२ चौक हिर्काए। अर्का ओपनर विरणदीपले ५३ बल सामना गर्दा ५१ रन जोडे। यी दुईले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए।

विकेटकिपरसमेत रहेका सैयद अजिजले मलेसियाका लागि ३० बलमा ३४ रन बनाएर अविजित रहे। मोम्मद श्याहदतले नटआउट चार रन बनाए।

त्यसअघि खिजार हायातले १३ रन खर्चिएर तीन विकेट लिएपछि मलेसियाले साउदी अरबलाई ४७ औँ ओभरमा १५३ रनमा अलआउट गरेको थियो। टस हारेर ब्याटिङ गरेको साउदीका लागि जम्मा चार ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गरे।

विकेटपिरसमेत रहेका हसिब घाफुरले ७८ बलमा बनाएको ४० रन साउदीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। त्यसैगरी ओपनर अब्दुल वाहिदले ३६, कप्तान हिसाम शेखले २१ र अतिफ उर रेहमानले अविजित १७ रनको योगदान गरे।

साउदीले पहिलो ओभरमा पहिलो विकेट गुमाएको थियो। ओपनर वाकर अल हसन दोस्रो बलमा आउट भएका थिए। साउदीले लगातार विकेट गुमाइरह्यो। चौथो ओभरमा इमरान आरिफ (५) र छैटौँ ओभरमा साद खान (१) आउट भएपछि साउदी १० ओभरको समाप्तिमा ४५/३ को स्थितिमा थियो। एक सय रन पूरा गर्न ३१ ओभरसम्म पर्खिएको साउदीले त्यसबेलासम्म आठ विकेट गुमाइसकेको थियो।

बलियो मलेसियाली बलिङसामु चल्न नसकेको साउदीका लागि मानन अली र जैन उल अबिदिनले पाँच-पाँच, इस्तियाक एहम्मदले तीन रन बनाउँदा अब्दसल वाहिद शून्यमा समेटिए।

साउदीलाई सस्तोमा समेट्न मलेसियाका मोहम्मद वाफिक, रिज्वान् हैदर र अन्वर रहमानले दुई/दुई विकेट हात पारे। त्यसैगरी विरनदीप सिंहको नाममा एक विकेट रह्यो।

प्रकाशित: ७ वैशाख २०८० १४:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =