सांसद डाँगीले छानिन् स्वकीय सचिव

हिमाल प्रेस ६ वैशाख २०८० १२:०१
6
SHARES
सांसद डाँगीले छानिन् स्वकीय सचिव

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डाँगीले खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव छनोट गरेकी छन्। उनले केही समयअघि सूचना सार्वजनिक गर्दै दरखास्त माग गरेकी हुन्।

गत चैत १६ गते निशाले एक साताको म्याद राखेर स्वकीय सचिवका लागि भ्याकेन्सी खुलाएकोमा ११६ जनाले आवेदन दिएका थिए। उनीहरूबाट पहिलो चरणमा ३५ जना छनोट भएका थिए भने १९ जनाले लिखित र मौखिक परीक्षा दिएका थिए।

यसको नतिजा निशाले सामाजिक सञ्जालमा प्रकाशित गरेकी छन्। जसअनुसार पर्वतको राम्जा देउरालीकी सुश्मिता क्षेत्री स्वकीय सचिव बन्न सफल भएकी छन्। विराटनगरकी अपेक्षा सुवेदी र पोखराकी कविता आचार्य वैकल्पिकमा परेका छन्।

उम्मेदवारहरूको लिखित, मौखिकसँगै कम्प्युटर टेस्टसमेत गरिएको थियो। शैक्षिक पृष्ठभूमि, कानुन र राजनीतिको ज्ञान तथा अनुभव, नेतृत्व गर्ने क्षमता, सिर्जनशिलता आदि हेरेर मूल्यांकन गरेको निशाले जनाएकी छन्।

प्रकाशित: ६ वैशाख २०८० १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast