आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

हिमाल प्रेस ६ वैशाख २०८० ७:०३
2
SHARE
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौँ- सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक वर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ।

प्रकाशित: ६ वैशाख २०८० ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast