देउवा, प्रचण्ड र ओलीबीच आज बालकोटमा बैठक बस्दै

हिमाल प्रेस ४ वैशाख २०८० ६:५९
4
SHARES
देउवा, प्रचण्ड र ओलीबीच आज बालकोटमा बैठक बस्दै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ।

संसद्मा विधेयक अगाडि बढाउनेबारे आज बिहान ९ बजे उनीहरुबीच ओली निवास बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरिरहेका ओलीलाई बालकोट पुगेर ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैलै आह्वान बालकोटमा आइतबारका लागि बोलाएको बैठकमा गएका थिएनन्। प्रचण्ड नगएपछि एमाले असन्तुष्ट बनेको छ।

विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल भइरहेको छ। उनीहरुबीच बैशाख १ मा छलफल हुने भनिए पनि थप छलफल भएको छैन।

प्रकाशित: ४ वैशाख २०८० ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast