सुडानको राजधानी खार्तुममा गोली हानाहान

हिमाल प्रेस २ वैशाख २०८० १८:२३ | Saturday, April 15, 2023
सुडानको राजधानी खार्तुममा गोली हानाहान फाइल तस्बिर।

काठमाडौँ- सुडानको राजधानी खार्तुममा सुडानी सेना र अर्धसैनिक बलबीच गोली हानाहान भएको छ। गोली हानाहान र विस्फोटका कारण राजधानी खार्तुममा तनाव सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

समाचार एजेन्सी रोयटर्सकाअनुसार राजधानी खार्तुम सहरको मध्यभागमा रहेको सैनिक मुख्यालय नजिकै गोलीबारी भइरहेको छ। गोली हानाहान र विस्फोटले तनाव सिर्जना भएपछि सुडानस्थित भारतीय दूतावास र अमेरिकी दुतावासले आ-आफ्ना नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्।

रोयटर्सकाअनुसार सुडानको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)ले सुडानी सेनासँग संघर्ष सुरु भएको बताएको छ। संघर्षस्वरूप शनिबार राष्ट्रपति भवन, सैनिक आवास र खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिइएको आरएसएफलाई उदृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

सुडानी सेनाले आरएसएफका लडाकुले सैनिक मुख्यालय कब्जामा लिने कोसिस गरे पनि कब्जामा नलिएको बताएको छ।

समाचार एजेन्सी एएफपीले सैनिक प्रवक्ता ब्रिगेडियर जेनरल नबील अब्दुल्लालाई उदृत गर्दै आएरएसएफले खार्तुम र आसपासका क्षेत्रमा रहेको सैनिक शिविरमा आक्रमण गरेको उल्लेख गरेको छ।

प्रकाशित: २ वैशाख २०८० १८:२३ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast