काठमाडौँ– टीभीएस मोटर्सले ‘एनटर्क १२५ रेस एडिसन’ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ। रेस एडिसन युवा माझ लोकप्रिय स्कुटर हो। यही लोकप्रियतालाई थप गति दिन नयाँ रंगसहित सार्वजनिक गरिएको कम्पनीको दाबी छ।
यसमा सिग्नेचर एलईडी टेल र हेडल्याम्प दिइएको छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वील एनटर्क रेस एडिसनका थप विशेषता हुन्।
यसमा भएको स्मार्ट कनेक्सनमार्फत मोबाइल एपमा स्कुटर जोड्न सकिन्छ। जसमा ६० भन्दा बढी सुविधाका साथ पूर्ण डिजिटल क्लस्टर रहेको छ।
एनटर्क १२५ रेस एडिसनमा सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कुल्ड फ्युल इन्जेक्टेड इन्जिन छ। रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको गति दिन्छ।
पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विचजस्ता मुख्य विशेषता यसमा प्रदान गरिएको छ।
नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधन जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ। कम्पनीले मसरन ब्लू रंगको स्कुटरको मूल्य २ लाख ९९ हजार ९०० तोकेको जनाएको छ।