पहिचानका नाममा अराजक गतिविधि बन्द गर्न आदिवासी जनजाति महासंघको चेतावनी

हिमाल प्रेस ३० चैत २०७९ ९:३९
2
SHARE
पहिचानका नाममा अराजक गतिविधि बन्द गर्न आदिवासी जनजाति महासंघको चेतावनी

काठमाडौँ- नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले कोशी प्रदेश नामकरण तत्कालीन प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतले गरेको भन्दै उच्छृंखल गतिविधि नगर्न चेतावनी दिएको छ।

महासंघका अध्यक्ष पासाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै नामकरणको विरोधमा गतिविधि गर्ने क्रममा एमालेका प्रदेशसभा सांसद तथा मुख्यमन्त्रीलाई गरिएको भौतिक आक्रमण, सार्वजनिक गाली बेइज्जती तथा अभद्र व्यवहार खेतजनक भएको र यसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

यद्यपि प्रदेशको नामगकरण गर्दा किराँत सभ्यताको पहिचान जनित नामकरण गरियोस् भन्ने आन्दोलनरत समुदायको भावनाप्रति महासंघको सम्मान रहेको जनाएको छ।

प्रकाशित: ३० चैत २०७९ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =