काठमाडाैँ – नेपाल मेडिकल काउन्सिलले २०८० सालमा लिने लाइसेन्स परीक्षाका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेकाे छ।
काउन्सिलले सूचना जारी गर्दै स्नातक तक तहको दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) आगामी जेठ १७, १८ र १९ गते सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेकाे हाे।
यसका साथै स्नातकाेत्तर तहको विशेष परीक्षा साउन ११ र १२ गते, दोस्रो पटक मंसिर १४ र १५ गते र तेस्रो पटक चैत्र २२ र २३ गते सञ्चालन गर्ने काउन्सिलले जनाएकाे छ।
प्रकाशित: २९ चैत २०७९ १३:३०
प्रतिक्रिया