धरानमा श्रमदान गर्न प्रधानमन्त्री र राष्ट्रपतिलाई मेयरको पत्र

हिमाल प्रेस २९ चैत २०७९ ८:३७
2
SHARE
धरानमा श्रमदान गर्न प्रधानमन्त्री र राष्ट्रपतिलाई मेयरको पत्र

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदानको अवलोकन गर्न निमन्त्रणा पठाएका छन्।

मंगलबार शीतलनिवास र बालुवाटारलाई पत्र लेख्दै मेयर साम्पाङले धरानमा खानेपानीको समस्या र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकनका लागि आमन्त्रण गरेका हुन्।

पत्रमा उनले श्रमदानमा सहभागिता जनाउन पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

‘यसै अवसरका बाबजुद धेरै समस्या र चुनौतीहरू पनि धरानमा रही आएको छ।’

मेयर साम्पाङले लेखेका छन्,’दशकौं पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या, आपूर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु,’ मेयर साम्पाङले लेखेको पत्रमा उल्लेख छ।

प्रकाशित: २९ चैत २०७९ ८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast