पूर्वी नेपालमा बिहानै भूकम्पको झड्का

हिमाल प्रेस २९ चैत २०७९ ८:३२
8
SHARES
पूर्वी नेपालमा बिहानै भूकम्पको झड्का

काठमाडौँ- आज बिहान पूर्वी नेपालमा भूकम्पको झड्का महसुस गरिएको छ।
बिहान पौने ६ बजेतिर भूकम्पको झड्का महसुस गरिएको हो। भूकम्पको तीब्रता र केन्द्रबिन्दुका बारेमा थाहा हुन सकेको छैन। त्यस्तै गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बलुवा केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

पछिल्लो समय नेपालमा भूकम्प जानेक्रम बढेको छ। यसअघि दोलखा, ताप्लेजुङ र बाजुरालगायतका ठाउँमा भूकम्प गएको थियो।

प्रकाशित: २९ चैत २०७९ ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast