बालुवाको ढिस्कोमा पुरिएर एकको मृत्यु, दुई घाइते

हिमाल प्रेस २८ चैत २०७९ २२:००
2
SHARE
बालुवाको ढिस्कोमा पुरिएर एकको मृत्यु, दुई घाइते

बैतडी- बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ। सिगास गाउँपालिका–२ धौल्याडीकी ३३ वर्षीय राजमती भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

सो घटनामा दुईजना घाइते भएका जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। मंगलबार साँझ ७ बजेतिर धौल्याडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिएकी राजमतीको घटनास्थलमै मुत्यु भएको प्रहरीले बताएको छ।

त्यस्तै घाइते हुनेमा सोही ठाउँका ६२ वर्षीय सालिभानसिंह धामी र ४२ वर्षीय संग्रामसिंह धामी रहेका छन्। घाइते दुवैलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीको भनाइ छ। रासस

प्रकाशित: २८ चैत २०७९ २२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast