काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) प्रदेश सरकारमा पनि सहभागी हुने भएको छ। मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका हुन्।
उनले आफूहरू संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए। नेकपा (एस) संघीय सरकारमा सहभागी छ।
प्रकाशित: २८ चैत २०७९ १५:४२
प्रतिक्रिया