टीआरसी विधेयकलाई ‘सर्वस्वीकार्य’ बनाउने प्रमुख दलबीच सहमति

हिमाल प्रेस २८ चैत २०७९ ११:२५
10
SHARES
टीआरसी विधेयकलाई ‘सर्वस्वीकार्य’ बनाउने प्रमुख दलबीच सहमति सभामुख देवराज घिमिरेको निवासमा मंगलबार बिहान बसेको बैठकमा सहभागी नेताहरू।

काठमाडौँ- विभिन्न विधेयकबारे छलफल गर्न बसेको प्रमुख दलका शीर्षनेताको बैठक सकिएको छ।

बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी)लाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहको उपस्थिति थियो।

टीआरसी विधेयकमा हालसम्म प्रमुख दलमा सहमति हुन सकेको छैन। सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र ‘फास्ट ट्रयाक’बाट पारित गर्नुपर्ने अडानमा छन्। उनीहरू विधेयकलाई समितिमा नलगी हाउसबाट पारित गर्नुपर्ने पक्षमा छन्।

यता प्रमुख प्रतिपक्षी नेकपा एमाले भने संसदीय समितिबाट निकास खोज्नुपर्ने पक्षमा छ। आजको बैठकले संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरू सहमत भएका छन्। संसदीय समितिलाई पूर्णता दिनुपर्ने दबाब पनि दलहरू माथि छ।

कुन दलले कुन समितिको नेतृत्व लिने भन्ने विषयले निकास नपाउँदा समिति अझै अपूरै रहेका छन्। प्रतिनिधिसभाले भर्खरै मात्र संसदीय नियमावली बनाएको छ। अबको अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ।

बालुवाटारस्थित सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी थिए।
यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहेका थिए।

प्रकाशित: २८ चैत २०७९ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast