काठमाडौँ- संसद् विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा शीर्ष दलका नेता र सभामुखबीच अहिले छलफल चलिरहेको छ।
बालुवाटारस्थित सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।
यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी छन्।
यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहेका छन्।
प्रकाशित: २८ चैत २०७९ १०:३७
प्रतिक्रिया