एन आई सी एशिया बैंकका ग्राहकलाई बर्फी स्वीट्समा १० प्रतिशत छुट

हिमाल प्रेस २६ चैत २०७९ २१:२४
एन आई सी एशिया बैंकका ग्राहकलाई बर्फी स्वीट्समा १० प्रतिशत छुट

काठमाडौँ- एन आई सी एशिया बैंकका ग्राहकले बर्फी स्वीट्समा १० प्रतिशत छुट पाउने भएका छन्। त्यसका लागि बैंकले काठमाडौँको न्यूरोडमा रहेको केसर स्वीट्ससँग सम्झौता गरेको छ।

सम्झौताअनुसार केसर स्वीट्सअन्तर्गतको बर्फी स्वीट्सका विभिन्न मिठाइका परिकार खरिदमा ग्राहकले १० प्रतिशत छुट पाउने छन्। सो सम्बन्धी सम्झौतापत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र बर्फी स्वीट्सका तर्फबाट सहसंस्थापक प्रिया तयालले हस्ताक्षर गरेका छन्।

छुट पाउनका लागि ग्राहकले एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्डमार्फत रकम भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित: २६ चैत २०७९ २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =