काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीले सी सिरिजको लेटेस्ट् मोडल सी ५५ नेपाली बजारमा ल्याइने भएको छ। कम्पनीले ६४ एमपीको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङसहित बजारमा ल्याउन लागेको हो।
‘सी५५ ले यो सेग्मेन्ट र मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रूपमा नयाँँ बेन्चमार्क खडा गर्ने विश्वास लिइएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स जस्ता कटिङ एज फिचरयुक्त सी५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने उपभोक्ताको रोजाइमा कम्पनीले जानकारी दिएको छ।
त्यस्तै अर्को मुख्य फिचर यसको ९० हर्जको फुल एचडी प्लस डिस्प्ले बजारमा उपलब्ध उस्तै मुल्यका फोनहरूमा पाइने सबैभन्दा ठुलो डिस्प्ले रहेको कम्पनीको दाबी छ।
प्रकाशित: २६ चैत २०७९ २०:२५
प्रतिक्रिया