काठमाडौँ- नक्कली फेसबुक अकाउन्ट खोलेर ६० लाख रुपैँया ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। आफ्नै साथीको फोटो राखेर फेसबुक खोली माया प्रेमको कुरा गर्दै विभिन्न बाहनामा रकम मागेर ठगी गर्ने पर्वत मोदी गाउँपालिका-२ का २६ वर्षीय विश्व शर्मा पक्राउ परेका हुन्।
उनलाई गत चैत २३ गते पक्राउ गरी गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २६ चैत २०७९ १७:१७
प्रतिक्रिया