चार एआईजीले लगाए दर्ज्यानी चिह्न

हिमाल प्रेस २६ चैत २०७९ १५:१०
58
SHARES
चार एआईजीले लगाए दर्ज्यानी चिह्न

काठमाडौँ- नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिह्न लगाएका छन्। शुक्रबार डीआईजीबाट एआईजी बनेका सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई आईजीपी वसन्त कुँवरले आइतबार दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

दर्ज्यानी चिह्न लगाइदिँदै आईजीपी कुँवरले सबैलाई जिम्मेवारी पुरा गर्न निर्देशन दिए। ‘सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू मनग्यै छन्,’ उनले भने, ‘तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका दैनिक कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु।’

प्रकाशित: २६ चैत २०७९ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast