धौलागिरीमा ढिस्कोमा ठोक्किएर पल्टियो हेलिकप्टर, पाइलट घाइते

हिमाल प्रेस २६ चैत २०७९ १३:४३
136
SHARES
धौलागिरीमा ढिस्कोमा ठोक्किएर पल्टियो हेलिकप्टर, पाइलट घाइते फाइल तस्बिर

काठमाडौँ- हेलि एभरेष्ट कम्पनीको हेलिकप्टर दुर्घटनामा परेको छ। धौलागिरी बेसक्याम्पमा सामान पुर्‍याएर फर्कनेक्रममा नाइन ‘एन ए एन बी’ कल साइनको हेलिकप्टर दुर्घटनामा परेको हो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ल्याण्ड गर्नेक्रममा हेलिकप्टरको पंखाले ढिस्कोमा ठोक्किएको थियो। ठोक्किएर हेलिकप्टर पल्टिँदा पाइलट प्रिया अधिकारी घाइते भएकी छन्।

उनलाई उपचारका लागि एयर डाइनेष्टिकको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर मेडिसीटी अस्पतालमा उपचार गरिँदैछ।

‘हेलिकप्टर ढिस्कोमा ठोक्किएर पल्टिएछ। पाइलट प्रिया अधिकारी घाइते हुनुहुन्छ,’ उनले हिमालप्रेससँग भने, ‘उहाँलाई उपचारका लागि काठमाडौँ ल्याइँदैछ।’

प्रकाशित: २६ चैत २०७९ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =