काठमाडौँ- दक्षिण एसीया भित्र छरिएर रहेका ज्योतिषीहरूको साझा संस्था दक्षिण एसियाली ज्योतिष महासंघको छैठौँ महासभा भोलि (सोमबार) काठमाडौँमा हुँदैछ। बागबजारमा भएको महासभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने महासंघका सभापति आचार्य लक्ष्मण पन्थीले बताए।
निर्वाचन सम्पन्न गर्नका लागि नेपाल ज्योतिष परिषद्का महासचिव ज्यो.पं. कमलप्रसाद काफ्ले संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति बनाएको महासंघका महासचिव आचार्य सुरेशप्रसाद शर्माले जानकारी दिए।
कार्यक्रममा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तानलगायत देशका ज्योतिषिहरूको उपस्थित हुनेछन्। निर्वाचन समितिले चैत २३ गते मतदाता नामावली र २४ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेर निर्वाचनको कार्यक्रमलाई अघि बढाएको छ।
प्रकाशित: २६ चैत २०७९ १२:१३
प्रतिक्रिया