उपत्यकाको जीवित नेवारी संस्कृति [फोटो फिचर]

हिमाल प्रेस २५ चैत २०७९ १४:०५
44
SHARES
उपत्यकाको जीवित नेवारी संस्कृति [फोटो फिचर] कीर्तिपुरमा धान कुट्दै महिला।

काठमाडौँ– नेवाः संस्कृति काठमाडौँ उपत्यकाको मौलिक संस्कृति हो। काठमाडौँ उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन्। बागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिमस्थल हुन्।

नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक-सांस्कृतिक समुदायलाई जनाउँछ। नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौँ उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ।

काठमाडौँका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसंगीत, खानपान, जात्रालगायतका अनेकौँ पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन्। त्यसैले त काठमाडौँमा नेवाः संस्कृतिको छुट्टै महत्त्व र पहिचान छ।

बुङमतीमा खेतबाट फर्कँदै किसान।

नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन्। अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत संगीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन्।

साहित्य साधना, कलाकारिता, राजनीतिलगायतका क्षेत्रमा काठमाडौँका नेवारहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ।

विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमुना र मानवीय सहिष्णुताको आधार पनि हो। नेवारहरूको पर्व,नेवारी संस्कृति र पर्वअनुसारका फरक-फरक जात्राले विश्वमा नै एउटा पृथक जातका रुपमा रूपमा स्थापित गरेको छ।

विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भूमिका खेल्ने गर्छ नेवारी समुदायले। तर यसो भन्दै गर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ।

परालको खेलौना बनाउँदै सानागाउँकी महिला।
सुकुल बुन्दै सिद्धिपुरका महिला।
पाटीमा दौँतरीसँग गफिँदै पाटनका वृद्ध महिला ।
आगन्तुकसँग पाटनकी कुमारी निहिरा बज्राचार्यलाई भेट गराउन बोकेर लैजाँदै उनकी आमा ।
प्याङगाउँमा प्याङ बनाउँदै वृद्ध ।
चकटी बुन्दै गफिँदै ठेचोका महिलाहरू।
भक्तपुरमा माटाको भाँडा बनाउँदै पुरुष।
विश्राममा बसेका खोकनाका वृद्ध।
बुङमतीमा दाउरा चिर्दै वृद्ध।
खोकनाका मुखिया परम्परागत पोसाकमा।
खेतमा काम गरेर फर्कँदै बुङमतीका महिला ।
प्रकाशित: २५ चैत २०७९ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =