रक्षामन्त्री खड्काद्वारा जंगी अड्डा निरीक्षण

हिमाल प्रेस २५ चैत २०७९ १३:२५
2
SHARE
रक्षामन्त्री खड्काद्वारा जंगी अड्डा निरीक्षण

काठमाडौँ- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको मूख्यालय जंगी अड्डाको निरीक्षण गरेका छन्। उपप्रधान एवं रक्षामन्त्री नियुक्त भएपछि उनले शुक्रबार पहिलोपटक जंगी अड्डाको निरीक्षण गरी नेपाली सेनाबारे औपचारिक जानकारी लिएका हुन्।

उनलाई नेपाली सेनाको संगठनात्मक स्वरूप, तैनाथी, स्वदेश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका अपरेसनल तथा विविध गतिविधिहरूबारे जानकारी गराइएको नेपाली सेनाले जानकारी दिएको छ।

सो क्रममा मन्त्री खड्काले नेपाली सेना अत्यन्त विश्वासिलो संस्था रहेको र आफ्नो भूमिका सधैं अब्बल रूपले निर्वाह गर्दै आएको बताए। देशको सामरिकस्थिति र विद्यमान विश्वपरिवेश अनुसार सन्तुलित बनेर नेपाली सेनाले काम गर्नुपर्ने उनको भनाइ थियो। साथै नेपाली सेनाले विकास निर्माणका कार्यहरूमा संलग्न रही देशका दुर्गमस्थलहरूलाई सडक सञ्जालमा जोड्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए।

मन्त्री खड्काले राष्ट्रिय गौरवको काठमाडौँ–तराई द्रुतमार्ग आयोजनासँग जोडिएका नीतिगत तथा प्रक्रियागत समस्याहरू सामाधान गर्ने प्रयास भइरहेको पनि बताए।

प्रकाशित: २५ चैत २०७९ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast