काठमाडौँ– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्ने संकेत गरेका छन्। पार्टीविरुद्ध गतिविधि गरेको भन्दै सचिवालय बैठकले स्पष्टीकरण सोधेपछि उनले शनिबार पत्रकार सम्मेलन गरेर यसबारे स्पष्ट पार्ने बताएका छन्।
एमाले विभाजनका बेला वरिष्ठ नेता माधव नेपाललाई साथ दिएका न्यौपाने नेकपा एस गठन भएको २० महिनापछि पुन: एमालेमै फर्किने बुझिएको छ। पार्टी नेतृत्वसँग असन्तुष्ट नेता न्यौपाने पछिल्लो समय एमाले नेताहरूसँग छलफल गर्दै आएका छन्।
शनिबार गरिने पत्रकार सम्मेलनमा पार्टीले सोधेको स्पष्टीकरण र आगामी कदमबारे उनले जानकारी दिने बताइएको छ। हालै पार्टी परित्याग गरेका उपाध्यक्ष केदार न्यौपाने र चुडामणि जंगली पनि एमाले नेताहरूसँग छलफलमा छन्।
प्रकाशित: २४ चैत २०७९ २१:३४
प्रतिक्रिया