काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता हुँदैछ। एकताबारे जानकारी दिन दुवै पार्टीले आज (शुक्रबार) संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
पत्रकार सम्मेलन इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहल अनामनगरमा तय भएको छ। सम्मेलनमा मोहन वैद्य ‘किरण’, धमेन्द्र बास्तोला ‘कञ्चन’, सीपी गजुरेल ‘गौरव’, हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतको उपस्थिति रहनेछ।
नेकपा (बहुमत) धमेन्द्र बास्तोलाले नेतृत्व गरिरहेका छन् भने नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्व मोहन वैद्यले गरेका छन्।
प्रकाशित: २४ चैत २०७९ ९:१७
प्रतिक्रिया