रामेछापमा बलेरो दुर्घटना, पाँच जनाको मृत्यु

हिमाल प्रेस २३ चैत २०७९ २१:१४
6
SHARES
रामेछापमा बलेरो दुर्घटना, पाँच जनाको मृत्यु सांकेतिक तस्बिर।

रामेछाप- रामेछापमा बलेरो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। रामेछापको मन्थली नगरपालिका-७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो।

रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका-७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नम्बरको बलेरो सडकबाट करिब एक सय मिटर तल खसेको थियो। सो दुर्घटनामा परी मृत्यु हुनेमा मन्थली-७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ, सुनापति गाउँपालिका-१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ र मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन्।

घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन्। तीन जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले बताएको छ। रासस

प्रकाशित: २३ चैत २०७९ २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast