यस्तो छ संयुक्त सरकारको तत्कालीन राहतका कार्यक्रम

हिमाल प्रेस २३ चैत २०७९ १८:११
30
SHARES
यस्तो छ संयुक्त सरकारको तत्कालीन राहतका कार्यक्रम

काठमाडौँ– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आठ वटा क्षेत्रमा तत्कालिक राहत, पुनःनिर्माण र पुनर्स्थापन कार्यक्रम ल्याएको छ। सरकारले बिहीबार सार्वजनिक गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा यी विषय उल्लेख छन्।

यी हुन् राहत, पुनःनिर्माण र पुनर्स्थापनका कार्यक्रम

१. बाढीपहिरो र डुवानबाट विस्थापित परिवारलाई पुनःस्थापना गर्ने। विपद जोखीम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने। कोविड– १९ बाट उत्पन्न नकारात्मक परिणामलाई न्युनिकरण गर्न आवश्यक कार्य गर्ने।

२. सहिद तथा वेपत्ता परिवार, द्वन्दपीडित र विस्थापितलाई राहत, पुनःस्थापना र सहायताका लागि व्यवस्था मिलाउने।

३. विभिन्न आन्दोलनमा घाइते भई उपचार नपाएकाहरूको यथोचित उपचारको व्यवस्था गर्ने, अङ्गभङ्ग भएकाहरूलाई क्षतिपूर्ति र परिवारका कम्तिमा एक जना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने।

४. खाद्यान्न, पेट्रोलियम पदार्थलगायत जनताका अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको सहज र सुलभ आपूर्तिको व्यवस्था गर्ने। दुर्गम र पिछडीएको क्षेत्रमा नून, चिनी, चामल, औषधी लगायत अत्यावश्यकीय वस्तुहरू अभाव हुन नदिने।

५. कर्णाली र मधेस प्रदेश लगायत मानव विकास सूचाङ्क कम भएका क्षेत्रहरूको विकासका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने। गर्भवती, सुत्केरी महिला र कुपोषणबाट प्रभावित बालबालिकाहरूलाई पोषणका कार्यक्रम प्रभावकारी बनाउने।

६. ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घट्ना, वाढी पहिरो, प्राकृतिक प्रकोप जस्ता विपदको बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था गर्ने।

७. २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत् महसुल नलाग्ने र पचास युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने। सिंचाईमा प्रयोग हुने विद्युतमा वर्षायाममा ८० प्रतिशत र हिउँदे याममा २० प्रतिशत महसूल छुट दिने।

८. १० हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निशुल्क उपलब्ध गराउने।

प्रकाशित: २३ चैत २०७९ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast