
काठमाडौँ- छायांकनको तयारीमा रहेको फिल्म ‘हात्तीछाप’ मा कलाकार विल्सनविक्रम राई (तक्मे बुढा)को थपिएका छन्। राईले आज (बिहीबार) निर्माण पक्षसँग कागजी सम्झौता गरेका छन्। उनी लाहुरेको भूमिकामा प्रस्तुत हुने निर्माण पक्षले जनाइएको छ।
निर्माण पक्षका अनुसार आगामी वैशाख अन्तिमतिरबाट फिल्मको छायांकन हुनेछ। फिल्ममा प्रदीप भारद्वाजको कथा छ।
सिमोस सुनुवारले निर्देशन गर्ने फिल्ममा यसअघि दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, उपासनासिंह ठकुरी, पुष्कर गुरुङ, प्रकाश घिमिरेलगायतका तय भइसकेका छन्।
प्रकाशित: २३ चैत २०७९ १६:०२
प्रतिक्रिया