सरकारको साझा न्यूनतम कार्यक्रम अपराह्न ५ बजे सार्वजनिक हुने

हिमाल प्रेस २३ चैत २०७९ ११:०६
6
SHARES
सरकारको साझा न्यूनतम कार्यक्रम अपराह्न ५ बजे सार्वजनिक हुने

काठमाडौँ- सत्ता गठबन्धनले आज (बिहीबार) सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएको छ। गठबन्धनमा सहभागी १० दलहरूले अपराह्न ५ बजे साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेका हुन्।

साझा कार्यक्रम सार्वजनिक भएपछि शुक्रबारसम्म मन्त्रिपरिषद्को पूर्ण विस्तार गर्ने सरकारको तयारी छ। यसअघि एमाले-माओवादीसहितको गठबन्धनले पनि साझा न्यूनतम कार्यक्रम बनाएको थियो। तर सो गठबन्धन भत्किएर कांग्रेस-माओवादीसहितको नयाँ समीकरण बनेपछि फेरि अर्को साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको जानकारी दिए।

उनले साना केही सुझाव ५ बजेसम्म दल र नेताहरूले दिन सक्ने बताए। उनले भने, ‘राजनीतिक दलहृका चमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो। मोटामोटी रुपमा सहमति भएको छ, सबै बीचमा। सानातिना सुझाव भए दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ।’ उनले लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएका विषयमा सहमति भएको जानकारी दिए।

प्रकाशित: २३ चैत २०७९ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =