साझा न्यूनतम कार्यक्रमबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

हिमाल प्रेस २३ चैत २०७९ ९:५४
6
SHARES
साझा न्यूनतम कार्यक्रमबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौँ- सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। साझा न्यूनतम कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो।

सत्ता गठबन्धनले आज (बिहीबार) सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएको छ। साझा कार्यक्रम सार्वजनिक भएपछि शुक्रबारसम्म मन्त्रिपरिषद्को पूर्ण विस्तार गर्ने सरकारको तयारी छ।

यसअघि एमाले-माओवादीसहितको गठबन्धनले पनि साझा न्यूनतम कार्यक्रम बनाएको थियो। तर सो गठबन्धन भत्किएर कांग्रेस-माओवादीसहित १० दलको नयाँ समीकरण बनेपछि फेरि अर्को साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको हो।

प्रकाशित: २३ चैत २०७९ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =