पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना, कस्तो हुनेछ तीन दिनको मौसम?

हिमाल प्रेस २३ चैत २०७९ ६:५९
2
SHARE
पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना, कस्तो हुनेछ तीन दिनको मौसम? काठमाडौँ उपत्यका

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना रहेको भविष्यवाणी गरेको छ।

यस्तै महाशाखाले कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

महाशाखाले भनेको छ, ‘हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।’

बिहीबार

दिउँसो ː कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी पहाडी भूभाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार

दिउँसो ː मधेश प्रदेश, कोशी प्रदेशलगायत देशको पहाडी भूभाग आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति ː कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार

दिउँसो ː कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

राति ː कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

प्रकाशित: २३ चैत २०७९ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast