सर्वोच्चद्वारा राहदानी विवादमा रविविरुद्ध मुद्दा नचलाउनुको कारण माग

हिमाल प्रेस २२ चैत २०७९ १७:०४
30
SHARES
सर्वोच्चद्वारा राहदानी विवादमा रविविरुद्ध मुद्दा नचलाउनुको कारण माग

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादको मुद्दामा मुद्दा नचलाउनुको कारण माग गरेको छ। महान्यायाधिधवक्ताको कार्यालयलाई विपक्षी बनाएर सिन्धुलीका युवराज पौडेल(सफल)ले रिट दायर गरेका थिए।

बुधबार भएको सुनुवाइमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले महान्यायाधिवक्ताको कार्यालयले किन मुद्दा चलाउनु नपर्ने भनेको हो भन्दै कारण मागेको हो।

चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो।

त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

प्रकाशित: २२ चैत २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =