काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन्। बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्र पूर्ण रूपमा सरकार विस्तार हुने बताएका हुन्।
उनले अब सरकारको ध्यान पूर्ण रूपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए। ‘केही गुणात्मक, जनताले केही राहत पाउने गरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ,’ उनले भने, ‘त्यो महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्न सक्ने खतरा छ, यसमा म गम्भीर छु।’
प्रकाशित: २२ चैत २०७९ ११:५६
प्रतिक्रिया