चट्याङबाट जोगिन आग्रह, यस्तो हुनेछ तीन दिनको मौसम

हिमाल प्रेस २२ चैत २०७९ ६:४५
4
SHARES
चट्याङबाट जोगिन आग्रह, यस्तो हुनेछ तीन दिनको मौसम फाइल तस्बिर।

काठमाडौँ- देशका पहाडी भूभागमा मेघगर्जनसहित चट्याङ पर्ने सभ्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले भनेको छ, ‘मेघगर्जन/चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमी विवरणसम्बन्धी महाशाखाको बुलेटिनमा उल्लेख छ।
यस्तो हुनेछ तीन दिनको मौसम

बुधबार

दिउँसो : पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

राति ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार

दिउँसो ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

राति ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार

दिउँसो ː पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

राति ː कोशी प्रदेशका साथै पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: २२ चैत २०७९ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast