काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाउन एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएको छ। नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले मंगलबार उक्त निर्देशन दिएको हो।
प्राधिकरणले मंगलबार नयाँ हवाई भाडा दर कार्यान्वयनका लागि एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको हो। यसअघि नेपाल आयल निगमले मंगलबार बिहानदेखि लागू हुनेगरी हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको थियो।
प्रकाशित: २१ चैत २०७९ १९:५०
प्रतिक्रिया