सर्वसाधारणलाई राहत दिन श्रीलंका सरकारले घटायो ग्यासको मूल्य

हिमाल प्रेस २१ चैत २०७९ १८:५२
2
SHARE
सर्वसाधारणलाई राहत दिन श्रीलंका सरकारले घटायो ग्यासको मूल्य

कोलम्बो- श्रीलंकाको सरकारी स्वामित्वको लिट्रो ग्यास लंकाले खाना पकाउने ग्यासको मूल्य घटाएको छ। गत हप्ता पेट्रोल तथा डिजेलको मूल्य घटाएको श्रीलंका सरकारले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य पनि घटाएको हो।

पछिल्लो समय इन्धनको मूल्यमा विश्वव्यापी कटौती भइरहेको भन्दै श्रीलंका सरकारले मूल्य घटाइएको लिट्रो कम्पनीका एक वरिष्ठ अधिकारीले बताएका छन्।
कुल १२.५ किलो तौलको घरेलु ग्यासको मूल्य १ हजार ५ रुपयाले घटेको र परिमार्जित मूल्य अहिले ३ हजार ७ सय ३८ रुपया रहेको लिट्रो ग्यासका अध्यक्ष मुदिथा पेरिसले जानकारी दिए।

त्यस्तै ५ किलोको सिलिन्डरको मूल्य ४ सय २ रुपयाले घटाएर १ हजार ५०२ रुपया र २.३ किलोको सिलिन्डरको मूल्य १८३ रुपयाले घटेर ७ सय रुपया कायम गरिएको छ।

यसैबीच देशको अर्को प्रमुख ग्यास आपूर्तिकर्ता कम्पनीले पनि घरेलु ग्यास सिलिन्डरको मूल्य घटाएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। गतवर्ष श्रीलंका आर्थिक संकटमा परेपछि खाना पकाउने ग्यासलगायत इन्धनको मूल्य आकासिएको थियो। रासस/सिन्ह्वा

श्रीलंकाको आर्थिक स्थितिमा सुधार, इन्धनको मूल्यमा गिरावट

प्रकाशित: २१ चैत २०७९ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =