लामिछानेविरुद्ध उजुरी परेपछि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस २१ चैत २०७९ १८:१४
82
SHARES
लामिछानेविरुद्ध उजुरी परेपछि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन-२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवि लामिछानेलाई मुख्यनिर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ। वैशाख १० मा हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरेका लामिछानेविरुद्ध तीनवटा दाबी विरोधको निवेदन दर्ता भएपछि स्पष्टीकरण सोधिएको हो।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्रहरू उम्मेदपार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवारका प्रतिनिधि शिवबहादुर सुवेदीले दाबी विरोधको निवेदन दिएका हुन्।

उजुरी परेपछि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले लामिछानेलाई मंगलबार दिउँसो १ बजेभित्र जवाफ दिनभन्दै स्पष्टीकरण सोधेको छ।

प्रकाशित: २१ चैत २०७९ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 10 =