काठमाडौँ- जनकपुरधाममा गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गर्ने गरेको पाइएको छ। जनकपुरधाम-१४, पिडारी चोकनजिक रहेको वीरबहादुर राउतको घरमा कल सेन्टर सञ्चालन गरेको पाइएको हो।
प्रहरीले कल सेन्टरमा काम गर्ने ९ जना महिला र १४ जना पुरुष गरी २३ जनालाई पक्राउ गरेको छ। साथै ९० थान कम्प्युटर, दुई थान मोटरसाइकलसमेत बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ। मुख्य सञचालकको खोजी भइरहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
प्रकाशित: २१ चैत २०७९ १०:०१
प्रतिक्रिया