महावीरको २६२२औँ जन्मजयन्तीमा राष्ट्रपतिद्वारा शुभकामना

हिमाल प्रेस २१ चैत २०७९ ७:१७
6
SHARES
महावीरको २६२२औँ जन्मजयन्तीमा राष्ट्रपतिद्वारा शुभकामना राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गरेको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएका छन्।

प्रकाशित: २१ चैत २०७९ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + six =